Saturday, September 21, 2024

ट्रेन्डिङ :

माओवादी कार्यालयको जग्गा सम्याउन नगरपालिकाको डोजर

गोरखा । विकास निर्माणको काममा प्रयोग गर्नुपर्ने डोजर माओवादी पार्टी कार्यालयको भवन निर्माण गर्ने जग्गा सम्याउन प्रयोग भएपछि गोरखा नगरपालिकाको आलोचना भएको छ ।

मेयर कृष्णबहादुर राना मगरको निर्देशनमा तीन दिनदेखि गोरखा नगरपालिका–६ पाटेचौर स्थित माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन नगरपालिकाले किनेको डोजर प्रयोग हुदै आएको छ ।

ग १ ग १६२ नम्बरको सरकारी डोजर शनिबार पनि माओवादी पार्टी कार्यालय भवन निर्माण गर्ने जग्गा सम्याउन प्रयोग भइरहेको छ । त्यहाँ दैनिक ११ घण्टासम्म नगरपालिकाको डोजरले काम गर्दै आएको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार मेयरकै निर्देशनमा डोजर पठाइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल भने नगरपालिकाको डोजर माओवादी पार्टीको काममा प्रयोग भएको बारे अनविज्ञता प्रकट गर्छन् । ‘माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन नगरको डोजर प्रयोग गर्नुपर्‍यो भनेर मलाई कसैले केही भनेका पनि छैनन्, डोजर प्रयोग भएको छ भन्ने कुरा मलाई थाहा पनि भएन’ उनले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?