Friday, November 1, 2024

ट्रेन्डिङ :

निराका हत्या आरोपी विनोदविरुद्ध मुद्दा दर्ता, बाँचुञ्जेल कैद सजायको माग

spot_img
spot_img

काठमाडौं । कपन सरस्वतीनगरकी निरा आचार्यको हत्या आरोपी झापाका विनोद विश्वकर्माविरुद्ध जीवित रहेसम्म कैद गर्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिताको दफा ४१ ९क० बमोजिम सजाय माग गरिएको छ । उक्त दफामा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरका कसुरदारलाई जिवित रहेसम्म कैद गरिने उल्लेख छ ।

विनोदले लुटपाटको उद्देश्यले भाँडा पसलभित्र पसेर सञ्चालिका निरा आचार्यको हत्या गरेको अभियोग पत्रमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निराका शरिरका विभिन्न भागमा २० भन्दा बढी चोट देखिएको थियो ।

यो प्रकरणमा प्रतिवादी बनाइएका २३ वर्षीय प्रदीप गदाइलीविरुद्ध ५ वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको माग गरिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २८७ बमोजिम उनीविरुद्ध सजाय माग गरिएको हो ।

उक्त दफामा कुनै कसुर गरी प्राप्त गरेको सम्पत्ती हो भन्ने जानीजानी वा विश्वास हुने कुनै मनासिव कारण भई कसैले कुनै सम्पत्ति लिन, राख्न वा खरिद बिक्री गर्न नहुने भनिएको छ । अनुसन्धानका क्रममा विनोदले लुटेको निराको सिक्री प्रदीपको सुन पसलमा राखेर ५५ हजार रूपैयाँ लिएको पाइएको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?