६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागे : प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गरेका छन्। सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तराष्ट्रिय कुटनीतिका क्षेत्रमा राम्रा कामहरु अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको उनको भनाइ थियो।

काठमाडौँको गोकर्णेश्वरमा आयोजित ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार बनेको बेला देखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए।


प्रतिक्रिया दिनुहोस !