६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

जोमसोममा सडक भासियो



हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा कालीगण्डकी नदिको कटानले जोखीममा रहेको सडक आइतबार भासिँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका तथा फर्कंदै गरेका दर्शनार्थी अलपत्र परेका छन् । 

बेनी-जोमसोम-कोरला सडक अन्तर्गत पर्ने घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित मुस्ताङ अस्पताल अगाडीको सडक भासिँदा सवारी आवागमन रोकिएको हो । गएको वर्षाको समयमा कालीगण्डकी नदिको बहावका कारण जोमसोमको उक्त सडक करिव सय मिटर भासिँएको थियो । सोही सडक भासिँएको स्थानमा एकतर्फी रुपमा सवारी आउजाउ गर्ने गरी सडक बेस बनाइएकोमा सोही स्थानमा फेरि सडक भासिँदा सवारी आवागमन नै अवरुद्ध भएको हो । 

यही वर्ष कागबेनीमा आएको बाढीले गर्दा थुनिएको कालीगण्डकी नदि खुल्दा उक्त सडक मुनि कालीगण्डकीले कटान गर्दा सडक भासिन थालेको थियो । हिन्दुहरुको लागि महत्वपूर्ण मानिने चैत्राष्टमी तथा भोलीको औंशी तिथिमा पितृ तर्पणको लागि कागबेनीमा श्राद्ध गर्ने, तर्पण दिने र मुक्तिनाथ दर्शन गर्न आएका हजारौं तीर्थयात्री अहिले जोमसोममा अलपत्र परेको जोमसोम स्थित पर्यटन व्यवसायी होटल शालिग्रामका सञ्चालक अमृत सुवेदीले जानकारी दिनदुभयो । 

सवारी आवागमन बन्द हुँदा पुथाङ एयरपोर्टदेखि जोमसोम बसपार्क सम्मको दुरीमा सवारी साधन रोएिकका उहाँको भनाइ छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जोमसोममा सडक भासिएर सडक अवरुद्ध भएको र तत्कालका लागि माटो फिलिङ गरी सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । 

सडक खुलाउनका लागि मेसिन परिचालन गरिएको र जति सक्यो चाँडो सडक सञ्चालन गरी दर्शनार्थीहरुलाई गन्तव्य तर्फ पु¥याउने प्रयास भैरहेको प्रजिअ पन्तको भनाइ छ ।

“मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले सडक एक्कासी भासिएको भए पनि अन्य कुनै पनि क्षति नभएको जानकारी दिनुभयो । सडक त भासियो तर अन्य क्षति भएको छैन र त्यसलाई चाँडै सञ्चालनमा ल्याउने प्रयास भैरहेको छ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस !