३ जेष्ठ २०८१, बिहीबार
 |   Thu May 16 2024
Logo

सहकारीबाट आफ्नो नाममा फेक ऋण प्रवाह गरिएको गृहमन्त्री लामिछानेको दाबी



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो भन्दै प्रश्नसमेत गरेका छन् । उनले रवि लामिछानेको नाममा फेक धितो ऋण खाता क्रियट गरी ऋण प्रवाह भएको देखाइएको उल्लेख गर्दै ऋण नलिएको बताएका छन् ।

“म सहकारी ठगी कार्यमा कहिँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाणसहितको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु,” उनले भनेका छन् । कान्तिपुर लगायतका केही मिडियाहरुले आज फरक तरकारी पस्केछन्। आलु काउली खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज काउली आलु आएछ। फरक त्यत्ति हो।

उनले लेखेका छन्, रवि लामिछानेको नाममा फेक धितो ऋण खाता क्रेट गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो ब्यतिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन, छैन। अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ।

रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन, कि कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको मात्रै हो। के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? भन्दै प्रश्नसमेत गरेका छन् । कान्तिपुरको समाचारमा आए जस्तो सरकारी वकिलले अभियोगपत्रमा रवि लामिछानेले गैरकानुनी रुपमा ऋण लिएको पुष्टी भएको छैन । म सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टी हुदाहुदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु गृहमन्त्री लामिछानेले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !