४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

विश्व वरीयतामा टाईगरको नयाँ कीर्तिमान



काठमाडौं । नेपालका क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी आईसीसी टी २० वरीयताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्। आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र १४ स्थान सुधार गर्दै ११औँ स्थानमा पुगेका छन् । त्यस्तै ब्याटिङतर्फको विश्व वरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२ औँ स्थानमा उक्लिएका छन्। अलराउन्डर ऐरीले कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेपछि उनेको विश्व भरि चर्चा चलेको छ ।

उनको विष्फोटक ब्याटिङका कारण दीेपेन्द्र विश्व भरी टाईगर उपनामले प्रख्यात भईरहेका छन् । त्यस्तै ब्याट्सम्यानको नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३ औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५ औँ स्थानमा उक्लेका छन्। त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १०० औँ स्थानमा पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !