Tuesday, January 14, 2025

ट्रेन्डिङ :

टिकेप्रथाबाट ल्याईएका सहसंयोजक जोशीले आफ्नै सहइन्चार्जलाई गरे गालीगलौज

spot_img
spot_img
spot_img

दार्चुला : असोज २१, तत्कालीन दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता भएपनि ओली समुहले अझै पनि एकता नभई माओवादी केन्द्रको तत्कालीन एमालेमा विलय भएको भन्दै पूर्वमाओवादीको स्थानीय तहदेखि केन्द्रसम्म अस्तित्व स्वीकार गरिरहेको छैन । त्यसको प्रभाव दार्चुलामा पनि पूर्वएमालेको ओली समुहले पटक पटक देखाउँदै आएको छ । ओली गुटका मानिने युवा संघका जिल्ला सहसंयोजक गंगादत्त जोशीले आफ्नै संगठनका सहइन्चार्ज नरबहादुर बिष्टलाई गालिगलौज गरेका छन् । युवा संघका सहइन्चार्ज रहेका बिष्टलाई पूर्व झन्जाल चोरहरु अर्थात् पूर्वमाओवादी चोरहरु भनेर सामाजिक संजालमै असभ्य शैलीमा गालीगलौजमा उत्रिएका छन् ।

नरबहादुर बिष्टले प्रेमसिंह धामीको सालिक अगाडीको एक क्लिक भन्दै सत्तारुढ नेकपाका सचिव उदय बडाल जिल्ल्ला सदस्य उमेश जोशी, पत्रकार महासंघका अध्यक्ष शंकर धामीसँगको फेसबुकमा पोष्ट गरेको फोटोमा कमेन्ट गर्दै पूर्वमाओवादी चोरहरु भन्दै उदण्ड रुपमा प्रस्तुत भई गालीगलौजमा उत्रिएको भन्दै उनको आलोचना भईरहेको छ । गंगादत्त जोशीलाई पार्टीको पद्धतिभन्दा पनि ओली गुटको भएकै आधारमा जिल्ला सहसंयोजक बनाईएको भन्दै पार्टी भित्रै चरम असन्तुष्टि रहेको सत्तारुढ नेकपाका एक जिल्ला सदस्य बताउँछन् ।

गंगादत्त जोशीलाई पार्टी जिल्ला सदस्य खडक बडाल र अखिलका केन्द्रीय सदस्यले उक्साएको सत्तारुढ नेकपा दार्चुलाका नेताहरु बताउँछन् । सहसंयोजक जोशी बेला बेलामा ओलीकै शैलीमा अराजक भाषाको प्रयोग गरेर आफ्नै नेताहरुलाई गालीगलौजमा उत्रिने गरेका छन् । उनी सधै पार्टीको आधिकारिक लाईनभन्दा पनि ससाना झुण्ड बनाएर रमाउने गरेका र पार्टीले पनि कारबाही नगर्नुलाई उनलाई माथिकै संरक्षण रहेको बेला बेलामा चर्चा चल्ने गर्दछ । उनी पार्टीको लाईनभन्दा पनि ओलीको गुटग्रस्त मनोविज्ञानबाट प्रभावित रहेको जिल्ला नेताहरु बताउँछन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?