८ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 21 2024
Logo

काठमाण्डौ–त्रिशुली चल्ने ईभीको भाडा घट्यो



नुवाकोट । काठमाण्डौ–त्रिशुली भएर चल्ने ईभी माईक्रो वसको भाडा घट्ने भएको छ । 

नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने बताएका हुन् । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाड तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए । 

यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्धारा संचालित ईभी माइक्रोहरुले पनि २० गते बिहिबार देखि भाडा घटाउने बताएका छन् । 

यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरुले ईभीको भाडा आफु्खुशी लिँदै आएका छन् । 

नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रोवस कम्पनि प्रालिले ईभी माइक्रो संचालन गरिरहको छन् । 


प्रतिक्रिया दिनुहोस !