Tuesday, October 22, 2024

ट्रेन्डिङ :

नेपाल पुनः संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

एजेन्सी। नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा आगामी कार्यकाल(सन्२०२१-२०२३)का लागि पुनःनिर्वाचित भएको छ । नेपाली समय अनुसार गएराति भएको निर्वाचनमा नेपाल निर्वाचित भएको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्विटरमा नेपाल निर्वाचित भएको सार्वजनिक गरेका छन् । नेपालले १५० भोट पाएको छ । नेपाल अहिले पनि मानवअधिकार परिषद्को सदस्य छ ।

नेपालसहित एशिया प्रशान्त क्षेत्रबाट नेपाल र थप तीन देश(चीन, पाकिस्तान र उज्वेकिस्तान) निर्वाचित भएका छन् । जम्मा ४७ सदस्य रहेको परिषद्मा यसपटक १५ सिटका लागि निर्वाचन भएको हो । यसपटक निर्वाचित अन्य देशहरूमा अफ्रिकाबाट आइभोरी कोष्ट, गाबोन, मालबी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्य र बेलायत छन् ।

पॉच क्षेत्रीय समूहमध्येबाट परिषद्मा देशहरू निर्वाचित हुन्छन् । एशिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन स्टेट्सबाट ८ तथा पश्चिम युरोप र अन्य स्टेटहरूबाट ७ सिटमा प्रतिनिधित्व हुॅदै आएको छ । संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल पुनःनिर्वाचित हुनु राजनीतिक र मानव अधिकारमा नेपालले तय गरेको प्रगतिशील यात्रालाई अन्तराष्ट्रिय समुदायले स्वीकृति दिएको प्रतिक्रया दिएका छन् ।

देशभित्र र बाहिर तथा शान्तिस्थापक नेपाली सेना मार्फत मानवअधिकार रक्षा र सम्वर्द्धनमा नेपालको प्रयासलाई पनि अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको पनि राईले उल्लेख गरेका छन् । सामाजिक आर्थिक रूपान्तरणको क्रममा रहेका अल्पविकसित र भूपरिवेष्ठित मुलुकहरूको पक्षमा नेपालले सदाझैं निष्पक्ष भूमिका निर्वाह गर्ने नेपालको प्रतिवद्दता पनि राजदूत राईले व्यक्त गरेका छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?