१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

बुढीगण्डकीमा अर्बाैँ रकम भ्रष्टाचार गरेको आरोप निराधार भन्दै प्रधानमन्त्री अ‍ोलीले गरे खण्डन



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा अर्बौँ भ्रष्टाचार गरेको भन्दै आफूमाथि लागेको आरोप निराधार रहेका बताएका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही समयअघि प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बौँ घुस लिएको आरोप सार्वजनिक रुपमा लगाएका थिए ।

शुक्रबार प्रहरी दिवस समारोहमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले उक्त आरोप निराधार रहेको बताएका हुन्। भट्टराईको नाम नलिएरै प्रधानमन्त्री ओलीले निर्णय नै नभएको, काम नै सुरु नभएको आयोजनामा अर्बौँको भ्रष्टाचार गरेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए।

‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौँ’, प्रधानमन्त्रीले भने।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय