७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष ८० हजार घुससहित पक्राउ



कैलाली। अख्तियार दुरुपयोग अुनसन्धान आयोगले धनगढी उपमहानगरपालिका– ११ मा पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ। सव डिभिजन वन कार्यालयले ट्र्याक्टर चालकसहित पक्राउ गरेको काठ छुटाउनका लागि रेन्जर राम अवतार चौधरीले घुस मागेको र उनलाई घुस रकम दिन पुगेका अध्यक्ष रानालाई पनि आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार धनगढी उपमहानगरपालिका–१ को पार्क मोड भन्ने स्थानबाट रानालाई पक्राउ गरिएको हो। उनीमाथि थपअनुसन्धान भइरहेको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !