Tuesday, October 22, 2024

ट्रेन्डिङ :

रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरणको अनुमति

काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् ।

उहाँका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ ।

नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्र्दभमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डिेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ ।- रासस

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?