१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

वीरगञ्जमा प्रहरीले छापा मारेर बरामद गरे साढे २२ किलो सुन



वीरगञ्ज । पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो । सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो ।

यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !