काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा शक्तिपीठहरुको दर्शन नगर्ने भएका छन्। उनले दसैँका दिन सर्वसाधारण तथा सभेच्छुकलाई टीका लगाउने कार्यक्रम पनि स्थगित गरेका छन्। पूर्वराजा शाहले हरेक वर्ष विजयादशमी अन्तर्गत महाअष्टमीका दिन विभिन्न शक्तिपिठहरुको दर्शन गर्ने गरेका थिए भने दसैँका दिन सर्वसाधारणलाई टीका जमरा लगाउने गरेका थिए।
पूर्व राजा शाहले कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कत्र्वव्यशिलतालाई कायम राख्दै दसैँ पर्व शान्त शालीनता र सादगीका रुपमा मनाउने निधो गरेको निर्मल निवास सचिवालयले जनाएको छ।