१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संख्या ४० हजार नाघ्यो



काठमाडौं। आज देशभर थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ३३५ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ। थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार बढीको पिसिआर परीक्षण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय