२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

काभ्रेमा बेहुला जन्ती आउने बेला बेहुली अर्कैसंग टाप कसेपछि…



काभ्रेमा बिवाहको दिन बेहुली फरार भएको खबर सार्वजनिक भएको छ । धुलिखेल नगरपालिका–३, छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएको बताइएको छ ।

बेहुली बनेकी २६ वर्षीय मन्दिरा थापा मगरको आज २०८१ बैशाख १४ सोही नगरको ४ नम्बर वडाका लक्ष्मण राना मगरसँग बिवाह हुँदै थियो । विवाहका लागि बेहुला लक्ष्मण जन्ती लिएर जाने तयारीमा थिए । विवाह बनेपाको चण्डेश्वरी मन्दिरमा हुने तय भएको थियो । विवाहका लागि भोज, गरगहना सबै तयारी अवस्थामा थिए ।

जन्ती आउनु अगाडि नै बेहुली थापा मगर भने फरार भएको बताइन्छ । स्रोतका अनुसार, उनी श्रृङ्गार गर्न जाने क्रममा फरार भएकी हुन् । बेहुली फरार भएपछि बेहुलीको आमा र दिदी प्रहरी नियन्त्रणमा रहेका छन् । बेहुलीको मोबाइल समेत अफ छ । यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

श्रोत : पूर्वेली न्यूज


प्रतिक्रिया दिनुहोस !