३ जेष्ठ २०८१, बिहीबार
 |   Thu May 16 2024
Logo

देशभर ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना विषेश पोर्टलमा उपलब्ध डाटाअनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । मृतकको संख्या ८ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !