२ जेष्ठ २०८१, बुधबार
 |   Wed May 15 2024
Logo

अर्घाखाँचीमा पहिरो पीडितलाई आएको राहत नेकपाका कार्यकर्तालाई बाँडियो



काठमाडौं : कात्तिक ११, अर्घाखाँची जिल्लाको सितगगा नगरपालिकामा गत असोज ९ गते गएको पहिरो पीडितहरुलाइ आएको राहत सतारुढ नेकपा निकटका वडा समितिका सदस्य खुमानन्द पौडेलको समुहले आफ्नो पार्टीका कर्याकर्तालाई वितरण गरेका छन् । वडा समितिले जो वास्तविक बाढी पीडित हुन् उनीहरूलाई राहत नदिएर सत्तारूढ नेकपाका स्थानीय कार्यकर्तालाई बाडेपछी त्यसको चर्को विरोध भएको समाजसेवी होमबहादुर रायमाझीले बताए । वास्तविक पीडितलाई आएको राहत आफ्ना कार्यकर्तालाई बाड्नु अन्याय मात्र नभएर सत्ताको आडमा गरिएको डकैती भएको समाजसेवी रायमाझीले सुप्रीम खबरसग भने ।


प्रतिक्रिया दिनुहोस !