Monday, September 9, 2024

ट्रेन्डिङ :

पाँच बुँदे प्रतिवद्धतासहित १३ वटा पत्रकार संगठनद्वारा संयुक्त विज्ञप्ति जारी

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै १३ वटा पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विभिन्न राजनीतिक पार्टी र स्वतन्त्ररुपमा संक्रिय संगठनहरुले पाँच बुँदे प्रतिवद्धतासहित सोमबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् । नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तीनवटै तहमा विचार, आस्थासहित उत्पीडित क्षेत्र, लैगिंक जाति र भाषागतरुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावको लागि राष्ट्रिय अभियान चलाउने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघलाई साझा बनाउन सबै संघसंगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुनेगरी सबै संगठनलाई प्रतिवद्धताका लागि आह्वान गर्ने र आफूहरुको तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ/संगठनहरुसँग वार्ता–संवाद थाल्ने निर्णय समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त विज्ञप्तिमा राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष विनोद पहाडी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भुसाल, प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर बिक, जागरण मिडिया सेन्टरका अध्यक्ष रेशबहादुर बिक, लोकतान्त्रिक छापामााध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, संचार गृहका पीडित पत्रकार÷कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष धमेन्द्र कर्ण, स्थानीय पत्रकार नेपालका अध्यक्ष शंकरप्रसाद ज्ञवालीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, स्वतन्त्र पत्रकार संगठन नेपालका संयोजक एलएस लामा, देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्र प्रसाई, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी र अनलाइन मिडिया नेटवर्ककाका महासचिव लोकश लिवाङ लिम्बुले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?