१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

इण्डोप्यासेफिकको नयाँ रणनीति बनाउन अमेरिका, भारतसहित ४ देशको बैठक



काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडनले भारतसहित जापान र अस्ट्रलियाका नेताहरुसँग अनलाइन बैठक गर्ने भएका छन् । चार देशका नेताहरुको पहिलो पटक यसरी छुट्टै वार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठमा चीनको सैन्य सक्रियता र आर्थिक शक्तिलाई सन्तुलित गर्ने कोसिस हुनसक्ने जनाइएको छ । ह्वाइट हाउसका प्रवक्ता जेन साकीले चार देशको बैठकमा बाइडनले अमेरिकी सहयोग र इन्डो प्यासेफिक९क्वीड० क्षेत्रको साझेदारीलाई महत्व दिने बताएका छन् । बैठकमा विश्वव्यापी महामारी कोभिड–१९ देखि आर्थिक सहयोग र जलवायु परिवर्तनको विषयमा छलफल हुने बताइएको छ ।

बैठकले अमेरिकाको इन्डो प्यासेफिक क्षेत्रमा नियमित कुटनीतिको एक नयाँ फिचरको रुपमा बुझ्न सकिने एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । भारतमा कोरोनाविरुद्धको खोप निर्माण क्षमता वृद्धि गर्नको लागि आर्थिक सम्झौताको घोषणा गर्ने योजना रहेको उक्त अधिकारीले बताएका छन् । विगतमा चीनले म्यान्मारको सैनिक शासनलाई हरसम्भव सहायता गर्ने गरेको थियो । तर, क्वीडका विदेश मन्त्रीहरुले चीनका बारेमा कुनै विशेष सम्बोधन गरेका थिएनन् । सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको अग्रसरतामा क्वीड स्थापना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !