Friday, January 17, 2025

ट्रेन्डिङ :

स्थानीय तहका कर्मचारीलाई काजमा नखटाउन तथा सुरुवा नगर्न मन्त्रालयको निर्देशन

spot_img
spot_img
spot_img

धनगढी : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा हुने कर्मचारी सुरुवा रोकेको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई अन्तर स्थानीय तहमा कामकाज खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरेको हो । मन्त्रालयले सम्पूर्ण स्थानीय तहहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अर्थात ओएण्डएम भई नसकेको, कामकाज र सरुवालाई व्यवस्थित गर्ने सफ्टवेयर निर्माण हुने क्रममा रहेको, रिक्त रहेका पदहरूमा पदपूर्तिका लागि कतिपय स्थानीय तहहरूले प्रदेश लोक सेवा आयोगमा माग गरेको समेत पाइएको र कतिपय स्थानीय तहहरूबाट विगतमा जारी भएका सहमति पत्रबाट हाल सरुवा र काज नखटाउन निर्देशन गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ तथा नेपाल सरकारको २०७६ जेठ ६ को निर्णय अनुसार लोक सेवा आयोगबाट सिफारिस भई विभिन्न तहहरूमा कार्यरत कर्मचारीहरूको गुनासो सम्बोधन गर्ने क्रममा माघ २९ गतेको मन्त्रिपरिषद्को बैठकले अन्तर स्थानीय तहमा कामकाजमा खटाउने सम्बन्धमा निर्णय कार्यान्वयनलाई थप व्यवस्थित, सहज, सरल र प्रभावकारी बनाउन भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ६ गते दोहोरो सहमतिका आधारमा कामकाजमा खटाउँदै आएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?