Saturday, February 15, 2025

ट्रेन्डिङ :

बिना धितो तीन लाख उद्यमशील कर्जा

spot_img
spot_img
spot_img

काठमाडौं : स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु तीन लाख कर्जा दिनेबारे बुधबार सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन शुरु गरेको छ ।

तालीमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा रु तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए। नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने बताए । युवालाई उद्यमशीलताका लागि बिनाब्याज रु तीन लाख ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?