Thursday, February 20, 2025

ट्रेन्डिङ :

कोरोनाको तेस्रो लहर, पेरिसमा एक महिना लकडाउनको घोषणा

spot_img
spot_img

काठमाडौं : फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहरको कारण राजधानी पेरिसमा एक महिना लकडाउनको घोषणा गरिएको छ । पेरिसका साथै देशका १५ अन्य क्षेत्रमा शुक्रबार मध्यरातदेखि लकडाउन लागू गरिनेछ । फ्रान्सका प्रधानमन्त्री जीन केस्टेस्कले अहिलेको लकडाउन पहिलेको जस्तै कडा खालको नहुने बताएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा ३५ हजार जना नयाँ संक्रमित फेला परेका छन् । प्रधानमन्त्रीका अनुसार देशमा कोरोनाभाइरसको तेस्रो लहर तीव्ररूपमा अघि बढिरहेको छ ।

स्वास्थ्यमन्त्री ओलिभर वेरनका अनुसार पेरिसमा स्थिति निकै खराब बन्दै गइरहेको छ । त्यहाँ १२ सयभन्दा बढी आईसीयूमा भर्ना भएका छन् । गत वर्षको नोभेम्बरमा योभन्दा आधा संख्यामा मात्र बिरामी भर्ना भएका थिए । नयाँ लकडाउनमा अत्यावश्यकबाहेकका काम बन्द गरिनेछ तर स्कूल भने खुला राखिनेछ । वैध कारण बाहेक मानिसहरुले देशका एक ठाउँबाट अर्को ठाउँसम्मको यात्रा गर्न पाउने छैनन् । यद्यपि, ६ माइलको दायरामा भने उनीहरु आवतजावत गर्न पाउनेछन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?