Sunday, April 27, 2025

ट्रेन्डिङ :

स्पष्टीकरणको काउण्टर दिन नेपाल समूहको स्थायी समिति बैठक

spot_img
spot_img

काठमाडौं : संस्थापन पक्षले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । आफूविरुद्ध केपी शर्मा ओलीले कारवाही प्रक्रिया अघि बढाउने देखिएपछि नेपाल पक्षका नेताहरु रणनीति बनाउन लागेका हुन् । आज नेपाल पक्षका स्थायी कमिटी सदस्यका अनौपचारिक बैठक बस्न लागेको एक नेताले बताए । शनिवार वालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अहिलेसम्म सो निर्णयअनुसार लिखित पत्र भने नपाएको नेताहरुले बताएका छन् । स्पष्टीकरण सोधिएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न नयाँ बानेश्वरमा बैठक बस्दैछन् । बैठकले औपचारिक धारणा बनाउने नेताहरुले बताएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?