Wednesday, April 30, 2025

ट्रेन्डिङ :

सांसद बडूको प्रश्न, ३५ हेक्टर नेपाली भूमि भारतलाई बुझाउन लागिएको हो ?

spot_img
spot_img

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदको बैठकमा सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालयले चासो नदिएको भन्दै प्रशन् उठाएका छन् । सांसद बडूले दार्चुलामा भारतले नेपाली भूमिलाई भारततर्फ पार्ने गरी भइरहेको निर्माणको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । दार्चुला सदरमुकामको गल्फै गाउँमा नेपाल सरकारको जानकारीबिना भारतले एकतर्फी ढंगले नेपाली भूमि आफूमा समेटेर तटबन्ध बनाइरहेको तर सरकारको तर्फबाट कुनै सुनुवाइ नभएको बताए । सांसद बडूले ३५ हेक्टर नेपाली भूमिमा भारततिर जान लागेको र तत्काल उक्त भूमिमा निर्माण कार्य रोक्न माग समेत गरे ।

यस्तै, सांसद् जीप छिरिङ लामाले भारतको अतिक्रमणमा परेको भूभागलाई समेटेर सरकारले नक्सा प्रकाशित गरेपनि अहिलेसम्म भूमि फिर्ता नभएकोप्रति असन्तुष्ट जनाए संसद बैठकमा बोल्दै सांसद् लामाले नयाँ नक्सा समेटेर सरकारले आफूहरूलाई लोगो मात्र दिएको तर भूमि फिर्ताका लागि पहल नगरेको बताउ । भारतले दार्चुलाको महाकाली नदीमा निर्माण गरिएको तटबन्ध सम्पन्न भएपछि नेपालको ३५ हेक्टर भूमि भारततिर पर्ने देखिएको छ ।

आफ्नो भूमीमाथि खुलेआम अतिक्रमण गरेर भारतले तटबन्ध निर्माण गरिरहँदा समेत नेपाल सरकारका तर्फबाट रोक्ने पहल त परको कुरा अहिलेसम्म कुनै प्रतिक्रिया जनाउने कामसम्म भएको छैन । नेपाल सरकारको यही मौनतालाई स्वीकार वा सहमति सम्झेर भारत सरकारले खुरुखुरु तटबन्ध निर्माणको काम जारी राखेको छ । तटबन्ध निर्माण र नेपाली भूमी भारतले लैजानेबारे दार्चुलाको प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार सबैलाई जानकारी छ । तर केन्द्र सरकारको आदेश नआउदासम्म कुरेर बस्नुको विकल्प नहुने उनीहरु बताउछन् । यता गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म त्यसबारेमा चासो दिएर निर्देशन दिने कुनै सुरसार नै गरेको छैन ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?