Sunday, April 27, 2025

ट्रेन्डिङ :

नयाँ सरकारक बनाउने बिषयमा देउवा र पौडेलबीच चर्काचर्की

spot_img
spot_img

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि भएको छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरूबीच भएको छलफलमा देउवा र पौडेलबीच नयाँ सत्ता समीकरणको विषयलाई लिएर चर्काचर्की भएको स्रोतले जनाएको छ ।

छलफलमा पौडेलले नयाँ सरकार बनाउन कांग्रेसले पहल कदमी गर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएर पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सत्तासमीकरणमा लाग्नुपर्ने तर्क गरेपछि सभापति देउवाले अहिलेको अवस्थामा ओलीको राजीनामा माग्न नहुने र अन्य दलको अवस्था हेरेर मात्र पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि दुई नेताको बीचमा चर्काचर्की भएको हो ।

यस्तै छलफलका क्रममा संस्थापन पक्षले राधेश्याम अधिकारीको नेतृत्वको निर्वाचन समितिले टुङ्गाएका जिल्लाहरूको समायोजन चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीका शीर्ष नेताहरूबीच भएको चर्काचर्कीले दिउँसो २ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक अझैसम्म सुरु हुन सकेको छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?