२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

मौसम बिग्रिएपछि आन्तरिक उडान पुनः प्रभावित, तीनवटा गन्तब्यको नियमित उडान रद्ध



 वायू प्रदुषण बढेर मौसम बिग्रिएपछि सोमबार आन्तरिक उडान पुनः प्रभावित भएको छ।

सोमबार विहानैदेखि पोखरा, भरतपुर र तुम्लिङटार तर्फको उडान  हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

बुद्ध, यती, श्री, सौर्य लगायत अन्य वायुसेवा कम्पनीको दर्जनौँ उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडानमा भने हालसम्म मौसम प्रतिकुलताको कुनै प्रभाव परेको छैन।

१० दिन अघि पनि मौसम प्रतिकुल भएका कारण काठमाडौंबाट हुँदै आएको आन्तरिक र अन्तराष्ट्रिय उडान दुवै प्रभावित भएका थिए।

वायुसेवा कम्पनीका अनुसार प्राय जाडो याममा हुस्सु लाग्ने हुँदा यसरी नियमित उडानहरु प्रभावित हुँदै आएका थिए। तर पछिल्लो समय वायुप्रदुषणकै कारण नियमित हवाई यातायात प्रभावित हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय