२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

काठमाडौं आउन एन्टीजेन जाँच गर्नुपर्ने, रिजल्ट नेगेटिभ भएपनि लक्षण देखिए पीसीआर अनिवार्य



काठमाडौं छिर्ने प्रवेश गर्ने प्रत्येक नाकामा अबदेखि कोभिड १९ को एन्टीजेन परीक्षण हुने भएको छ।

सोमबार काठमाडौँ  जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले परीक्षणको लागि प्रत्येक नगरपालिकामा डेस्क राख्ने निर्णय गरेको हो। परीक्षणको लागि आवश्यक पर्ने सामाग्री भने जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएको छ।

त्यस्तै एन्टीजेन परीक्षणमा नेगेटिभ देखिएपनि लक्षण देखिएमा भने पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिने बैठकले निर्णय गरेको छ।

प्रत्येक नगरपालिका र महानगरपालिकाले एक एक वटा आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गर्न र पहिले संचालनमा आएकालाई पुनःसंचालनमा ल्याउने समेत निर्णय भएको छ।

स्वास्थ्य कार्यालय, नगरपालिका, सुरक्षा निकाय लगायतलाई कोभिड सम्बन्धी जनचेतना प्रचार प्रसार र सरकारको स्वास्थ्य मापदण्ड पालना नगरे कारबाही गर्ने समेत निर्णय गरिएको छ।

चीन सरकारले उपलब्ध गराएको कोभिड बिरुद्धको खोप चैत २५ गतेबाट लगाउन सुरु गर्ने र पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समुहका चीनमा अध्यायन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, होटेल,इन्टरनेटमा कार्यरत कर्मचारी, काठमाडौंभित्रका विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई खोप लगाउन सरोकारवालासँग समन्वय गरिने निर्णय समेत गरेको छ।

त्यस्तै सार्वजनिक स्थानमा गरिने कार्यक्रम स्थगित गर्ने र गर्नैपर्ने कार्यक्रमहरुलाई सरकारको मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय गरेको छ


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय