Saturday, February 15, 2025

ट्रेन्डिङ :

पत्रकारको महासंघको उपत्यकामा झा र काठमाडौंमा सुबेदीको प्यानलको सानदार जीत

spot_img
spot_img
spot_img

काठमाडौं । नेपाल पत्रकारको महासंघको उपत्यका प्रदेशमा श्रीजन झा र काठमाडौं शाखाको अध्यक्षमा संयुक्त प्यानलका सूर्य सुबेदीको प्यानलले सान्दार जीत हांसिल गरेका छ। बुधबार सम्पन्न निर्बाचनको मतपरिणामअनुसार उपत्यका प्रदेशमा झा नेतृत्वको प्यानलै बिजयी भएको हो। उपाध्यक्षमा वीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका र खुल्ला सचिवमा रोशनराज पाण्डे विजयी भएका छन्। त्यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् । त्यस्तै सचिव समावेशीमा अमर भुजुले जित हात पारेका छन् ।

सदस्यहरुमा प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्रप्रसाद न्यौपाने, विष्णु कुमार गिरी, रमाकुमारी न्यौपाने ‘आर्ज्या’ र विधुर ढकाल विजयी भएका छन् । त्यस्तै आदिवासी जनजाति सदस्यमा अर्जुन तामाङ र रत्नकृष्ण श्रेष्ठले जित हात पारेका छन् भने दलित सदस्यमा सुशील दर्नाल विजयी भएका छन् । उता पत्रकार महासंघ काठमाडौंमा निर्बाचित सुबेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । उपाध्यक्ष (खुल्ला) मा रामचन्द्र दुलाल विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गरेका छन् । उपाध्यक्ष महिलामा अप्सरा गौतम विजयी भएकी छन् । उनले ५८८ मत प्राप्त गरेकी छन् । सचिवमा महेश्वर गौतम विजयी भएका छन् । उनले ४३३ मत प्राप्त गरेका छन् । सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन् । उनले ५८२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।

त्यस्तै निर्वाचित हुने सदस्यहरूमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन् । त्यस्तै निर्वाचित हुनेमा सदस्य (मधेसी) मिनाकुमारी यादव, सदस्य (दलित) शोभा नेपाली, सदस्य (अन्य समावेशी) दिपक काफ्ले, सदस्य (महिला) शोभा अर्याल, सदस्य (आदिवासी जनजाति) सुवासकुमार सुनार रहेका छन् । बुधबार भएको निर्वाचनमा काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?