Friday, May 23, 2025

ट्रेन्डिङ :

प्युठान जीप दुर्घटना, प्रशासकीय अधिकृतसहित ज्यान गुमाउनेको संख्या ५ पुग्यो

spot_img
spot_img

प्युठान : गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको र अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कालिगण्डकी गाउँपालिका स्याङ्जाका श्याम न्यौपाने, कार्यालयका खरिदार ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर सूर्य पन्थी, यमलाल पन्थी र गाडी चालक मुसिकोट केशव कार्की रहेका छन्। दुर्घटनाका अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ । नयाँ वर्षका बिदा मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँने क्रममा जिप दुर्घटनामा परेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?