Friday, January 17, 2025

ट्रेन्डिङ :

वीरुगञ्जको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img
spot_img

वीरगञ्ज : वीरगन्जको बिर्तामा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासका अनुसार मंगलबारसम्म नर्सिङ कलेजका २२ जना छात्रालाई कोरोना पुष्टि भइसकेको छ । ‘सुरुमा १ छात्रा, त्यसपछि १५ र ६ जना गरी मंगलबारसम्म २२ छात्रामा कोरोना पुष्टि भइसकेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गरिएको छ, संक्रमितको संख्या अझै बढन पनि सक्छ ।’ डा. दासका अनुसार, जिल्लामा आइतबारदेखि मंगलबारसम्म तीन दिनमा मात्रै ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजाअनुसार, आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको स्वाब परीक्षण गर्दा ४० जना र मंगलबार ७९ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको थियो । बुधबार सार्वजनिक बिदा रहेकाले अस्पतालको प्रयोगशाला बन्द रहेको छ । यसबाहेक यहाँस्थित नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्ममा गरी १० जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?