५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आज सुनचाँदीको मुल्य कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ७५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !