Wednesday, February 19, 2025

ट्रेन्डिङ :

सेयर बजारमा ३५.८९ अंकको गिरावट, ८ अर्ब ८० करोड भन्दा बढीको कारोबार

spot_img
spot_img

काठमाडौं : आइतबार सेयर बजारमा ३५.८९ अंकको गिरावट आएको छ । बजार राताम्मे देखिएको छ । आज म्युचुअल फण्ड बाहेक सबै समूहमा गिरावट आएको छ । म्युचुअल फण्ड भने ०.०६ अंकले बढेको छ । आइतबारको बजारमा ८ अर्ब ८० करोड भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से परिसूचक २६९९।५१ बिन्दुमा अडिएको छ । २७ सय भन्दा माथि पुगेको बजार आइतबार ब्याक हुँदै तल झरेको छ ।

घटेको बजारमा सबैभन्दा बढी महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य बढेको छ । ९.९३ प्रतिशतले बढेको महिलाको सेयर मूल्य १ हजार ३ सय २८ पुगेको छ । केही समय अघिमात्र दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाइफ इन्सुरेन्सको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । यसको सेयर मूल्य ६ सय २१ रुपैयाँ पुगेको छ । यता सबैभन्दा धेरै सेयर कारोबार भने एभरेष्ट बैंकको भएको छ । यसको ८७ करोड ६२ लाख भन्दा बढीको सेयर कारोबार भएको हो । दोस्रो बढी मूल्यको सेयर कारोबार हुनेमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था रहेको छ ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?