Sunday, April 20, 2025

ट्रेन्डिङ :

बाँकेमा वैशाख ९ देखि लकडाउन, केन्द्रसँगको समन्वयमा लकडाउन हुने स्थानको टुंगो लगाइने

spot_img
spot_img

कोरोना संकमण बढ्दै गएपछि लुम्बिनी प्रदेशको बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए।

डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा दुईमत देखिएको छ। प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा लकडाउन हुने स्थानको टुंगो लाग्ने बताए।

बाँकेमा मंगलबारसम्म ८ सय ६६ जना संक्रमित छन्। नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन्

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?