६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

निषेधाज्ञाको उल्लंघन गर्दै हिँडडुल गर्ने १४५७ जनालाई कार्यवाही



काठमाडौं- बिहीबारदेखि लागु निषेधाज्ञाको उल्लंघन गर्दै विना काम सडकमा निस्किएको आरोपमा एक हजार ४५७ जना कार्यवाहीमा परेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसपी सुशील सिंह राठौरका अनुसार उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेका हुन् ।

‘मास्क नलगाइ हिँडेकादेखि विना काम हिँडेकासम्मलाई होल्ड गराएका छौं, मास्क पनि वितरण गरेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘कारबाहीमा पर्नेमा ३२० वटा दुई पांग्रे र ४१ वटा चार पांग्रे सवारी साधन छन् ।’ उनका अनुसार उपत्यकामा चेकजाँचमा पनि कडाइ गरिएको छ । काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा चार स्थानमा चेकपोइन्ट राखिएको छ । निषेधाज्ञाको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । बिहीबारदेखि लागु निषेधाज्ञा एकसातासम्म जारी रहनेछ । त्यसपछि पनि एक साता थप गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !