
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आइतबार गरिएको परीक्षणको रिपोर्टमा शर्मालाई कोरोना संक्रमण पुष्टि भएको हो । शर्माले आफूलाई कोरोना पुष्टि भएको बताउँदै संक्रमणका लक्षण देखिएको र औषधि सेवन शुरु गरेकोसमेत बताए । हाल उनी काठमाडौँस्थित डेरामा होमआइसोलेशनमा रहेका छन् । उहाँले ज्वरो र जीउ दुखाइ बढेपछि कोरोना परीक्षण गरेको बताए ।