५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

आज बुटवलमा ४ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना महिला र एक पुरुष छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएपछि फिबर क्लिनिकमै भर्ना भएका उनीहरुको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको हो । यस्तै कन्चन गाउँपालिका–४का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५ ः ४५ बजे मृत्यु भएको हो । यस्तै बुटवल ९ का ५४ वर्षीया महिलामा वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान ६.२२ मा मृत्यु भएको हो । यस्तै वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान ६ ः ३८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !