२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

चौधरी ग्रुपको रियो जुस खाँदै हुनुहुन्छ ? होसियार ! फ्रुटीमा मिसान्छ कालो लेदो



चितवन : नेपालको प्रतिष्ठित मानिने सिजी ग्रुपले रियो फ्रुटीमा कालो लेदो मिसाएर विक्री गर्ने गरेको खुलासा भएको छ । भरतपुर महानगरपालिका वडा नं ६ चोक बजार चितवनमा रहेको एलेक्स मदिरा पसलमा सिजी कम्पनीबाट उत्पादित एक्सटा २० मिलीको रिओ फ्रुटमा कालो लेदो भेटिएको हो । कोभिडले आक्रान्त बनेको चितवन जिल्लामा सबै पसलहरु जिल्ला प्रशासन चितवनले बन्द गरेता पनि खाना र फ्रुटको खोजिमा निस्केका एक ग्राहकले करिब पाँच बजे तिर उक्त एउटा मात्रै त्यो मदिरा पसल खोलेको देखेपछि त्यहाँ सोधि उहाँले उक्त फ्रुट किनेर खोलेर खान लाग्दा उक्त लेदो भेटिएको हो । उक्त लेदो भेटिए पछि वादविवाद समेत भएको छ ।

बहुप्रतिष्ठित कम्पनी सीजीको उत्पादित प्रोडक्ट मै यस्तो भेटिए पछि ग्राहक समेत अचम्मित भएका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी विश्व कै खबैपति मध्ये एक हुन् । तर खर्बपति चौधरीकै सीजीले नै फ्रुटी मै लेदो राखेर विक्री वितरण गरेको भेटेपछि आफु अचम्मित परेको युवाहरुले बताएका छन् । सीजी कम्पनीले सिमेन्ट,चाउचाउ, फ्रुट लगायतका करिब एक दर्जन दैनिक उपभोग्य वस्तुहरु विभिन्न प्रोडक्टका नाममा उत्पादन गर्दै आएको छ । ग्राहकले दिएको सुचना र भिडियोलाई आधार मान्दा उक्त फ्रटबाट कालो लेदो आउने गरेको छ । यसका विषयमा बुझ्न खोज्दा नवलपरासीको सम्पर्क गर्दा फोन उठेन । खाद्य तथा गुणस्तर विभाग अन्तर्गत जनसमक्ष प्रतिकुल असर पार्ने गरि यस्ता बस्तु निर्माण गरि उत्पादन गरेको खण्डमा हदैसम्मको जरिवाना र कार्वाही गर्ने प्रचलित कानुन पनि छ ।

 


प्रतिक्रिया दिनुहोस !