६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

जापानको सहयोगमा विद्यालय भवन निर्माण



नवनिर्मित विद्यालय भवनरुगोरखा, २६ वैशाख : सहिद लखन गाउँपालिकारुरुरु८ बुरुरुकोट स्थित ७नतसी रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन । जापान सरकारको सहयोगमा करिब २ करोड ८९ लाख रुपैयाको लागतमा विद्यालय भवन सहित खानेपानी, कक्षाकोठमा फर्निचर व्यवस्थापन, घेराबार र फूलबारी समेत निर्माण गरिएको हो । तस्विर दीपक

सहिद लखन गाउँपालिका–८ बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिनुभयो ।

“नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “विद्यालय भवनको सुरक्षाका लागि घेराबारसमेत लगाइएको छ ।” विसं २०८० असारमा शिलान्यास गरिएको भवन चैतमा नै निर्माण सम्पन्न भएको हो ।

एकीकरण नेपाल गोरखा नामक गैरसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाइ वातावरण सुधार परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो । नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । भवन निर्माणमा ‘चाइल्ड फण्ड’ जापानले प्राविधिक सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !