१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रधानमन्त्रीले सपथ गर्ने बेला भारतीय जलविद्युत् परियोजनामा भीषण आक्रमण, स्थिति नियन्त्रण बाहिर (भिडियो सहित)



काठमाडौं : अरुण तेस्रो जविद्युत् परियोजनामा काम गर्ने बेला मृत्यु भएका कृष्ण रानाको परिवारलाई उचित क्षतीपूर्ती दिन माग राख्दै आएका मजदुरहरुले पावर हाउसमा तोडफोड गरेका छन् । बैसाख २९ गते पावर हाउसको सरुङङ लोड गर्ने क्रममा ढुंगाबाट खसेर कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका १२ का मृत्यु भएका कृष्ण रानाको परिवारलाई क्षतीपूर्ती दिन माग गरेका थिए , तर व्यवस्थापनले तीन लाखमा टार्न खोजेपछि आक्रोशित मजुदुरहरुले पावर हाउसमा आक्रमण गरेका हुन् । मजदुरहरु तोडफोडमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरेपनि असफल भएको छ ।

त्यस्तै अरुण तेस्रो जविद्युत् परियोजनामा काम गर्ने बेला मृत्यु भएका कृष्ण रानाको परिवारलाई क्षतीपूर्ती दिन माग गर्दै वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले पनि विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा डिबी सर्बश्रेष्ठले हस्ताक्षर गरेका थिए । ओलीलाई प्रधानमन्त्री नबनाए भारतको हार हुन्छ भन्ने भारतीय जनता पार्टीका नेताको अभिव्यक्ति सेलाउन नपाउँदै ओली नै तेस्रो पटक प्रधानमन्त्री बनेर सपथ लिने दिन, संयोग भन्नु पर्छ, भारतीय लगानी रहेको अरुण तेस्रोमा मजदुरहरुले हमला गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !