२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

सरकारको लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढ्यो : देउवा



काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाहीले कोरोना संक्रमितको मृत्यु बढेको बताएका छन् । सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसीयू, भेन्टिलेटर र अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढेको देउवाले बताए। सभापति देउवाले यस्तो परिस्थितिमा सबै नागरिकलाई सचेत रहन आग्रह गरे । इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ईद उल फित्र को शुभकामना दिँदै देउवाले नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गर्न समेत अनुरोध गरे ।


प्रतिक्रिया दिनुहोस !