Saturday, September 21, 2024

ट्रेन्डिङ :

कार्यदल बनाउन ओली-नेपाल भेट्दै, ओलीले कार्यदलमा आफ्नोतर्फबाट बादलको नाम पनि समावेश गर्दै

नेकपा एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज जेठ २ कै दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि छलफल गर्ने भएका छन् ।

शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भए बमोजिम कार्यदल गठनका लागि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

दिउँसोसम्म दुई नेताबीच कुराकानी हुने र नेताहरूले आ-आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

ओलीले कार्यदलमा आफ्नोतर्फबाट बादलको नाम पनि समावेश गर्ने माधव पक्षको बुझाइ छ । अहिले एमालेको स्थायी कमिटी सदस्यकै हैसियतमा रहेका बादल सिनियर नेता भएकाले कार्यदलमा उनी रहने सम्भावना पनि छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?