६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

संसद विघटनविरुद्ध सबैले एकीकृत लडाइँ लडौं : कांग्रेस नेता रामचन्द्र पौडेल



काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस रुष्ट छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्दती मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरुबाट आक्रोशपूर्ण प्रतिक्रिया आइरहेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदहरुको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी गरे । तर राष्ट्रपतिले दुबैको दाबी नपुगेको निष्कर्षसहित संसद विघटन गरेर चुनावको मिति घोषणा गरिन् ।

यसै सन्दर्भमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको साझेदार राष्ट्रपति बनेको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । यसविरुद्ध सबैले एकीकृत लडाइँ लड्नुपर्ने उनको ठहर छ ।


प्रतिक्रिया दिनुहोस !