६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

१४९ जना सांसद् अदालत जाऔं : गगन थापा



काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापालले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने बताएका छन् । उनले १४९ जना सांसदको दाबीलाई संसदमा परीक्षण नगरिकन राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाफ निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।

फेसबुकमा थापाले लेखेका छन्, ‘१४९ सांसदको ७६९५० बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ ।

राजनीतिक लडाईसँगै १४९ जना सांसद आफूहरूको संवैधानिक हकका लागि अदालतमै उभिएर कानुनी लडाईं लड्न तयार रहनुपर्ने थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय