६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन ताताेपानी आइपुग्यो



सिन्धुपाल्चोक । चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सााग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आईपुगेको छ । ३० हजार लिटर परिणाका एक सय ५० थान तरल अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री आईपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

उक्त लिक्विड अक्सिजनबाट ४० केजी क्षमताको ६ हजार सिलिण्डर अक्सिजन भरिने प्रमुख गौतमले बताउनु भएको छ । उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझन स्वास्थ सेवा बिभागका महानिर्देशक डा. दीपेन्द्रमान सिंह तातोपानी नाका आईपुग्नु भएको छ । चीनियाँ सरकारका प्रतिनिधिबाट उहाँले उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझेको भन्सार प्रमुख गौतमले बताउनुभयो ।

‘अक्सिजन भरिएका सिलिण्डर भन्सारमा जाँचपास गरिदैं छ,’ जाँचपास सकिने बित्तिकै आज नै उक्त अक्सिजन भरिएको सिलिण्डर काठमाडौं पठाउने तयारी रहेको प्रमुख गौतमले बताउनु भएको छ । लिक्विड अक्सिजनले भरिएका सिलिण्डर बिस्तारै लैजानु पर्ने भएका कारण राजधानी आज राती पुग्ने पनि गौतमले जानकारी दिनुभयो ।

चीनले अनुदानमा नेपाल सरकारलाई अनुदानमा दिइने भनिएको अक्सिजन तातोपानी नाकाबाट आउन थालेको छ । १८ हजार थान अक्सिजन सहितको सिलिण्डर दिने चीनको प्रतिबद्धता अनुरुप बाँकी अक्सिजन भोलिदेखि आईरहने गौतमले बताउनुभएको छ । यसअघि चीनबाट नेपाली ब्यापारीहरुले जेठ ३ गतेदेखि अक्सिजन सिलिण्डर ल्याउन थालेका थिए ।


प्रतिक्रिया दिनुहोस !