१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित १२ नेताहरुलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय



काठमाडौं : नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गर्ने थप १२ नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् । सोमबारकै बैठकले वरिष्ठ नेताहरु माधव नेपालसहित ११ जनालाई पार्टी सदस्यबाटै निष्कासन गरिसकेको छ । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता गर्ने विषयमा समेत छलफल भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !