Sunday, January 19, 2025

ट्रेन्डिङ :

निषेधाज्ञामा पनि बुटवल नारायणगढ सडक निर्माण कार्य सुचारु

spot_img
spot_img
spot_img

नवलपरासी । कोराना संक्रमणको दोस्रो लहरले देश आकान्त भएको समयमा पनि देशको गौरवका आयोजनाहरु मध्य बुटवल नारायणगढ सडक निर्माणको कामले निरन्तर्ता पाएको छ ।

कोविड १९ को दोस्रो लहरको संक्रमणका कारण देश भरि निषेधाज्ञा लगाईएको समयमा पनि राष्ट्रिय गौरवका आयोजना मध्य बुटवल नारायणगढ सडक निर्माण आयोजना पश्चिमले निर्माणको कार्यलाई निरन्तर्ता दिएको छ । कोविड संक्रमणका कारण पश्चिम नवलपरासी एवं रुपन्देही जिल्लामा निषेधाज्ञ लगाईएको भए पनि सडक निर्माण कम्पनीले सडक विस्तारको काममा पुल र कल्वर्ट निर्माणको काममा स्थानिय मजदुरहरुको प्रयोग गरि निर्माणको कामलाई निरन्तर्ता दिएको नारायणगढ बुटवल सडक आयोजना पश्चिम खण्डका सुचना अधिकृत ईन्जीनियर युवराज पाण्डेले बताउनु भयो ।

सुचना अधिकृत ईन्जीनियर पाण्डेका अनुसार गत वर्ष चैत देखी बन्दाबन्दी शुरु भए पछि बुटवल नारायणगढ सडक खण्डको निर्माण कार्य लामो समय सम्म रोकिएको भए पनि यस वर्ष भने निर्माण कम्पनीले स्थानिय कामदारहरुलाई प्रयोग गरि निषेधाज्ञका अवधीमा पनि निर्माण कार्यलाई निरन्तर्ता दिएको छ ।

स्थानिय कामदारहरुलाई स्वाश्थ्य मापदण्ड पालना गरि परिचालन गरि सडक निर्माणको कामलाई सुस्त गतिमा भए पनि कम्पनीले निरन्तर्ता दिएको बताईएको छ । वुटवल नारायणगढ सडक विस्तारको पश्चिम खण्ड (दाउन्ने पश्चिम)मा ९ वटा ठुला पुल, २२ वटा साना पुल र २ सय ४४ वटा कल्वर्टहरु निर्माण हुने मध्य अधिकांशमा निर्माणको काम जारी छ ।

बुटवल देखी नारायणगढ सम्मको एक सय २० किलोमिटरको सडक खण्ड विस्तार गरि बजार क्षेत्रमा छ लेन, अन्य क्षेत्रमा चार लेन र दाउन्नेको पहाडी क्षेत्रमा सडक तीन लेनको विस्तार गरिने छ । ७ अरबको लगानीमा बन्न लागेको यो सडक बितार काम तीन वर्ष भित्रमा सकिने गरी समझौता गरिएको भए पनि बन्दाबन्दी, बरखा लगाएतका कारणले समयमा निर्माण पुरा नहुने देखीएको छ ।

– गोरखापत्र अनलाईनबाट साभार 
spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?