Saturday, January 18, 2025

ट्रेन्डिङ :

काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण: कुखुरा, हाँससहित दाना पनि नष्ट गरियो

spot_img
spot_img
spot_img

काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका-२ मा संक्रमण पुष्टि भएको हो।

उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा संक्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ।

उक्त क्षेत्रबाट ५३५ टर्की, ४९२ लोकल कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९०० किलो दाना नष्ट गरिएको थियो। पशुपक्षी मन्त्रालयले पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ।

यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, पक्षीपालक कृषकहरुले फार्म परिसरमा नियमितरूपमा निःसंक्रमण गर्न तथा सफाइमा ध्यान दिन, घरपालुवा पक्षीलाई जंगली पक्षीहरुको सम्पर्कमा आउन नदिन, हाँस तथा कुखुरालगायतका पक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्री स्थलमा अस्वाभाविकरूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरिएको छ।

यसअघि काठमाडौंको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिएका लोकल कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?