२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

सरकारले संवैधानिक दायरा र राजनीतिक मर्यादा नाघेर बजेट ल्यायो : वर्षमान पुन



काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले संवैधानिक दायरा र राजनीतिक मर्यादा नाघेर बजेट ल्याएको बताएका छन् । प्रस्तुत बजेटले संसद पुनस्र्थापना हुने विश्वास राखेको समेत पुनले बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ‘प्रतिनिधिसभा चुनावका लागि आवश्यक बजेट छुट्याएको’ उल्लेख गरेका छन् । पूर्वअर्थमन्त्री पुनले यो अभिव्यक्तिले चुनाव हुन्छ भन्ने नदेखिएको बताए ।

चुनावी बजेट पनि छैन । चुनावका लागि आवश्यक बजेट छुट्याएको छु भनिएको छ । तर ठोस बजेट छैन । त्यसो हुँदा आफैंले घोषणा गरेको चुनावप्रति पनि विश्वास नभएको र ठीकै छ नि त संसद पुनस्र्थापना हुन्छ । हामीले काम गर्न खोजेका थियौं भनेर सस्तो कुरा गर्न खोजेको देखिन्छ,’ पुनले भने । यो बजेट विगतको कमजोरी ढाकछोप गर्ने प्रयास भएको पूर्वअर्थमन्त्री पुनले बताए ।

‘कामचलाउ सरकारले अहिले बजेट ल्याउने बेला नै होइन । अझै डेढ महिना चालु बजेटले काम गर्छ । अर्कोतिर कामचलाउ सरकारले यो गर्नै मिल्दैन,’ पुनले भने । नयाँ कर लगाउन र पुरानो पुनरावलोकन समेत गर्न नमिल्ने उनले बताए । कामचलाउ सरकारले असंवैधानिक काम गरेको छ, संवैधानिक दायरा र राजनीतिक मर्यादा पनि नाघेको छ पुले भने ।

 


प्रतिक्रिया दिनुहोस !