६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

कांग्रेस संसदीय दलको बैठक विहिबार बस्दै



काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न विहिबार अपराहन्न २ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।
 


प्रतिक्रिया दिनुहोस !